खानेपानी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत

<span class='c1'>खानेपानी विधेयकमाथि विचार गरियोस</span> <span class='c2'>भन्ने प्रस्ताव स्वीकृत</span>

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ संविधानको मौलिक हक रहेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्व भएको बताउँदै मन्त्री चौधरीले हालसम्म जलस्रोत ऐनबाट काम गर्नुपरेकाले यो विधेयक अपरिहार्य भएको बताउनुभयो । पहाडमा पानीका मुहान सुक्दै गएकामा चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले सार्वजनिकस्थल र विद्यालयमा शौचालय र पानीको उपलब्धतता नभएको स्थितिमा दिगो विकासका लक्ष्य पूरा गराउन यो विधेयक पारित भएपछि सहज हुने बताउनुभयो ।

सांसद्हरुले स्थानीय खोलानालाको संरक्षण गरेर सहजरुपमा शुद्ध खानेपानीको उपलब्धताका लागि योजना ल्याउन तथा एक घर एक धाराको प्रबन्ध गर्न माग गरेका थिए । सैद्धान्तिक पक्षमा सांसदहरु डा खिमलाल देवकोटा, डा बिमला राई पौडेल, अनिता देवकोटालगायतले छलफलमा भाग लिनुभएको थियो । सभाको अर्काे बैठक यही साउन ४ गते बुधबार दिउँसो १ बजे बस्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्