‘बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्कियो’

<span class='c1'>‘बोरिङ खन्ने क्रममा</span> <span class='c2'>लेदोसहितको ग्यास निस्कियो’</span>

काठमाडौं । काठमाडौँको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ ।

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिनुभयो । उहाँका अनुसार यो क्रम अहिले पनि जारी रहेको छ । यसरी निस्किएको फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत लेटोमाटो पुगेको छ । उक्त घटनाको अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागका अधिकारीलाई बोलाइएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र सुरक्षा सतर्कता अपनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्