विराटनगरबाट ‘युरेनियम’सहित संलग्न १५ जना पक्राउ

<span class='c1'>विराटनगरबाट ‘युरेनियम’सहित संलग्न</span> <span class='c2'>१५ जना पक्राउ</span>

विराटनगर । विराटनगरबाट प्रहरीले दुई केजी बढी युरेनियम जस्तो देखिने पदार्थसहित संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको छ । विराटनगरको छुट्टा–छुट्टै दुईवटा स्थानबाट प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकाहरुलाई बुधबार सार्वजानिक गरिएको छ । मोरङ प्रहरीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले यस्तो पदार्थको कारोबारमा संलग्न सुचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर युरेनियम जस्तो देखिने पदार्थ बरामद गरिएको जानकारी दिनुभयो ।

प्रहरीले मंगलबार विराटनगर–३ दुधफारमबाट ९७८ दशमलव ६ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ७ जनालाई पक्राउ गरेको थियो । घटनामा संलग्न गोरखा गण्डकी गाउँपालिका–८ का ४५ वर्षीय जिवन गुरुङ्ग, महोत्तरी बर्दिवास नगरपालिका–१२ का ३० वर्षीय चन्दनकुमार महतो, मङ्हा नगरपालिका–६ का ४२ वर्षीय अब्बुल गनी खान, मनराषिशवा नगरपालिका–३ का ४९ वर्षीय उमेशप्रसाद यादव मोरङ ग्रामथान गाउँपालिका–३ का ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुर बागमती गाउँपालिका–५ का ३६ वर्षीय दिपकबहादुर भ्लोन र सिन्धुली कमलामाई नगरपालिका–५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको छ ।

यसैगरी असार १ गते विराटनगर–९ ट्राफिकचौकमा रहेको ठुलदाईको होटलका कोठा लिएर बसेका आठजनालाई १ केजी ८७ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीले घटनामा संलग्न मोरङको धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासपान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका–१२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका–७ का ३५ वर्षीय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका–३२ वर्षीय किरन राईलाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्