लिबियामा भएको भिडन्तमा नौ जनाको मृत्यु

<span class='c1'>लिबियामा भएको भिडन्तमा</span> <span class='c2'>नौ जनाको मृत्यु</span>

लिबियाको राजधानी त्रिपोलीमा बिहीबार–शुक्रबार दुई लडाकू समूहबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालिन सेवा संस्थाले जनाएको छ ।

“घटनामा एक बच्चा, दुई सर्बसाधारणसहित नौ जनाको मृत्यु भएको छ र अन्य २५ जना घाइते भएका र तीमध्ये केही गम्भीर रूपमा घाइते भएका यस पहिलेको मृत्यु सङ्ख्यालाई अद्यावधिक गर्दै अल–अहरार टेलिभिजनले बताएको छ ।

उत्तर अफ्रिकी मुलुकमा दुई प्रधानमन्त्री सत्ताका लागि भिड्दै गर्दा महिनौंदेखि तनाव बढ्दै गएको छ । ऐतिहासिक संझौताले त्रिपोलीलाई बलपूर्वक कब्जा गर्ने पूर्वी सैनिक प्रमुख खलीफा हाफ्तारले गरेको विध्वंसकारी प्रयास अन्त्य भएको दुई वर्षपछि पुनः द्वन्द्वको त्रास उत्पन्न भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो झडप बिहीबारको अन्ततिर पूर्वी त्रिपोलीको घना बस्ती भएको छिमेकी आइन जारामा अल–राडा बल र त्रिपोली रिभोलुसनरिज ब्रिगेडबीच भएको एम्बुलेन्स सेवाका ओसामा अलीले अल–अहरारलाई बताइन्।

फोरनाज जिल्लाका विवाह समारोहहरूमा उपस्थित सयौं महिलाहरू पनि झडपका कारण बाटोमा नै अलपत्र बनेका थिए ।

स्थानीय बासिन्दा मोख्तार अल–महमूदीले एएफपीसँग भने, “हामीले रातभरि सेनाले तयार गरेको एउटा शिविरमा बितायौं । हाम्रा बालबालिकाहरू एक्कासी बाटोमा दोहोरो झडप भएपछि त्रसित बनेका छन् ।”

यस लडाइँमा संलग्न दुवै समूह नाममा अब्दुलहामिद दबेबाको संयुक्त सरकारप्रति वफादार मानिन्छन् । गत वर्ष तेल सम्पन्न लिबियामा एक दशकभन्दा बढी हिंसाको अन्त्य गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा शान्ति प्रक्रियाका लागि सम्झौता भएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्