राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

<span class='c1'>राप्ती हाइड्रोको</span> <span class='c2'>आईपीओ बाँडफाँड</span>

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँड भएको हो । गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आपीओका लागि कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएको थियो भने १ हजार ४२४ आवेदन रद्द भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्