जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

<span class='c1'>जुवातास खेलिरहेको अवस्थामा</span> <span class='c2'>१९ जना पक्राउ</span>

ललितपुर । गोदावरी नगरपालिका-१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका-२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बागमती नगरपालिका-३ धरहरास्थित घिसिङ होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीया जमुना मोक्तान सहित ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ७० रूपैयाँ, ५ थान मोबाइल, १६ थान कौडा र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्