अदालतबाट ९० लाख जरिवना ठहर भएका थापा पक्राउ

<span class='c1'>अदालतबाट ९० लाख जरिवना</span> <span class='c2'>ठहर भएका थापा पक्राउ</span>

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट रु ९० लाख जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ थापालाई रु ९० लाख भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्