चिनियाँ नागरिक अपहरण गर्ने छ नेपाली पक्राउ

<span class='c1'>चिनियाँ नागरिक अपहरण गर्ने</span> <span class='c2'>छ नेपाली पक्राउ</span>

काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति लैनचौरबाट चिनियाँ नागरिकलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई प्रकाउ गरिको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा बुधबार साँझ उनीहरूलाई समातिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिएका छन्।

एसएसपी बोहोराका अनुसार उनीहरूले चिनियाँ नागरिकबाट आठ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटेको आरोप छ। अपहरणमा परेका चिनियाँसँग एक करोड रुपैयाँ फिरौतीसमेत माग गरिएको बुझिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्