अखिल क्रान्तिकारीले फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने

अखिल क्रान्तिकारीले फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने

विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ ।

मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ ।

क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए ।
उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अखिल क्रान्तिकारी जाने र विभिन्न उत्पादनका काम सुरु गर्ने उल्लेख छ । यस्तै स्कुल तथा कलेजमा च्याउ खेतीका लागि टेर्निङ दिलाउन पहल गर्ने, मौरी पालनका लागि हरेक विद्यालयमा फूलखेती तथा एक स्कुल एक मौरीको डुँड अभियान सुरु गर्ने पनि उल्लेख छ ।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै क्रान्तिकारीकी अध्यक्ष सिंहले भने राष्ट्रिय उत्पादनलाई बढावा दिने वर्तमान सरकारको नीतिलाई यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्