ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

<span class='c1'>ताइवान तनावले अमेरिकाको</span> <span class='c2'>मिसाइल परीक्षणमा ढिलाइ</span>

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ ।

वाल स्ट्रिट जर्नलले बिहीबार यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ। सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको रिपोर्टमा उल्लेख गरिएको छ। अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको छ। रासस-एएनआई/स्पुतनिक

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्