एमाले प्रगतिशील जनताको पार्टी हो:अध्यक्ष ओली

<span class='c1'>एमाले प्रगतिशील जनताको</span> <span class='c2'>पार्टी हो:अध्यक्ष ओली</span>

रौतहट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताउनुभएको छ । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँले तराई मधेसका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गृप्ताको नेतृत्वमा पाँच हजार सात सय ४३ जना एमालेमा प्रवेश गरेका थिए । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्