विराटनगरको शो रुममा पनि आईपुग्यो महिन्द्रा इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो”

विराटनगरको शो रुममा पनि आईपुग्यो महिन्द्रा इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो”

विराटनगर । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ ।

विराटनगर ४ पिपल चौकमा रहेको रोयल अटो ईन्टरप्राईजेजले दियो इलेक्ट्रिक अटो वनको बुधवार एक कार्याक्रमको आयोजना गरी विराटनगरमा पनि सार्वजनिक गरेको हो । यस अघि चितवन, हेटौडा, धनगडी, जनकपुरधाम आदि शहरमा सार्वजनिक गरेपछि विराटनगरमा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो सार्जजनिक गरिएको हो ।

सार्वजनिक कार्याक्रममा विराटनगर महानगरपालिका उप–प्रमुख शिल्पा निराला कार्की, बिराटनगर महानगरपालिका वडा नं ४ का अधव्य श्रीमान जितेन थापा ,मोरङ्ग अटोमोवाइल डिलर एसोसेसनका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रमुख राजकुमार कार्की, महिन्द्रा इलेक्ट्रिका सेल्स म्यानेजर अमित शाह, अग्नी एनेर्जीका तर्फबाट ए जि एम प्रमोद भण्डारी, लगायत अग्नि इनर्जीको पिपलचोक विराटनगरका लागि विक्रेता रोयल अटो ईन्टरप्राइजेसका प्रबन्ध निर्देशक किरण भट्टराई लगायतका उपस्थिति रहेको थियो ।

अग्नि इनर्जीको पिपलबोट विराटनगरका लागि बिक्रेता रोयल अटो ईन्टरप्राइजेसका प्रबन्ध निर्देशक किरण भट्टराईका अनुसार महिन्द्रा दियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने भट्टराईले बताए ।

महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ ।
यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारीका लागि बुकिङ सुरु भएको कम्पनीले जनाएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ ।
महिन्द्रा ट्रियोले पेट्रोल अटोको तुलनामा वार्षिक दुई लाख रुपैयाँ बराबर बचत गर्ने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्