विराटनगर । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले आज यहाँ कार्यक्रममा सञ्चारकर्मी कमल पौडेललाई रु २१ हजार एक सय ११ सहित पुरस्कृत गरिएको छ । प्रतिष्ठानले स्वस्तिक ढुवानीका मजदुरलाई कपडा, मजदूर भलाई कोषमा रु २१ हजार, चालक कल्याण कोषमा रु २१ हजार, कर्मचारी कल्याण कोषमा रु ५१ हजार नगद प्रदान गरेको छ ।
जनता उच्च मावि मधुवन सुनसरीका छात्रा अन्जलीकुमारी गुप्तालाई नगद रु पन्ध्र हजार एक सय ११, महिला तथा युवा उद्यमी क्रमशः सोमी भगत र गोपाल अग्रवालाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै स्व कृष्णप्रसादले समाज सेवा र उद्यमीशीलतामा महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभयो । रासस