विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ ।
बिहिवार दिउँसो साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानीय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको थियोे । उनको उपचार हुन नसकेको कारण मृत्यु भएको हो ।
फोटो:फाइल