धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका-९ धनकुटाका २० बर्षीय सनिल राईले बोकेको झोला संका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो ।
अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।