प्रादेशिक मत्स्य पालन किसान संघ गठनको अध्यक्षमा विष्णु प्रसाद आचार्य

<span class='c1'>प्रादेशिक मत्स्य पालन किसान संघ</span> <span class='c2'>गठनको अध्यक्षमा विष्णु प्रसाद आचार्य</span>

विराटनगर । प्रदेश नम्बर एकमा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघको गठन गरिएको छ ।

शनिवार इटहरीमा प्रदेश नं. १ मा माछा पालन गर्ने किशानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी मुलुकबाट हुने आयातलाई न्युनिकरण गर्दै लैजाने एक बर्षपछी विदेशी माछा आयात सधैंका विस्थापित गर्ने उदेश्यका साथ प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरिएको हो ।

संघले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष माछा उद्योगको विकास र माछा पालक किसानहरुको हकहितको लागि सामुहिक पहल गर्दै मुलुकबाट हुने माछा आयातलाई १ वर्ष भित्रमै पुर्णरुपमा रोक लगाउने माछा पालक किसानलाई वर्षमा ४ पटक ब्यवहारिक ज्ञान प्रदान गर्ने लगायत विभिन्न उदेश्य राखेको छ ।

१९ सदस्यीय संघको अध्यक्षमा अध्यक्ष विष्णु प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्ष राम पौडेल सचिव पुष्प अधिकारी सह सचिव मोहन राजवशीं , कोषाध्यक्षमा दुर्गा कार्कि रहनु भएको छ। त्यस्तै सदस्यहरुमा दुर्गा प्रसाद सेडाई, कपिल न्यौपाने, ज्ञानेन्द्र बिमली, प्रकाश बुढाथोकी लगायत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्