विराटनगर । सामुहिक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका विराटनगर–४ का सुरज भनिने सुरज सुवेदी र विराटनगर–३ का बिनोद राउत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले दुवैलाई सोमबार कारागार चलान गर्न आदेश दिएको हो।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दुवैलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको जानकारी दिएका हुन् ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।
दुवैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरिएको थियो। दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।