झापाबाट स्रोत नखुलेको १३ लाख नगदसहित एकजना पक्राउ

<span class='c1'>झापाबाट स्रोत नखुलेको १३</span> <span class='c2'>लाख नगदसहित एकजना पक्राउ</span>

झापा । प्रहरीले स्रोत नखुलेको रु १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन् । विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नगद लिएर भारतबाट नेपाल आइरहेका गणेश प्रहरीको टोली देखेपछि नजिकै रहेको घरतिर भागेका थिए । गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका गणेशका साथबाट एक हजार दरका नौ सय नोट, पाँच सय रुपैयाँका नोट आठ सय र एक सय दरका नोट छ सय बरामद भएको बताइएको छ । पक्राउ परेका गणेशलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्