विराटनगर । धरान उपमहानगरपालिका-१० बिशाल पथबाट नियन्त्रित लागूऔषध ट्रामोल १ हजार १ सय क्याप्सुल, स्पासपेन २ सय ५० ट्याबलेट र नगद १ लाख १३ हजार ५ सय रुपैयाँ सहित सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय शिशिर श्रेष्ठ लगायत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔष र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।