सङ्खुवासभाबाट जबरजस्ती करणीका फरार अभयुक्त तीन वर्षपछि पक्राउ

<span class='c1'>सङ्खुवासभाबाट जबरजस्ती करणीका फरार</span> <span class='c2'>अभयुक्त तीन वर्षपछि पक्राउ</span>

किमाथाङ्का । जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।

पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो । उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मङ्सिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट रु १५ हजार जरिवाना भराउन आदेश दिएको थियो । पक्राउ परेका लिम्बुलाई प्रहरीले आज जिल्ला अदालमा बुझाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्