उर्लाबारीलाई पर्यटकीय नगरीका रूपमा विकास गराइने छ : नगर प्रमुख खरेल

<span class='c1'>उर्लाबारीलाई पर्यटकीय नगरीका रूपमा विकास गराइने</span> <span class='c2'>छ : नगर प्रमुख खरेल</span>

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले नयाँ जनप्रतिधिनि निर्वाचित भएर आएको सय दिन पूरा भएको अवसरमा यस अवधिमा पालिकाले गरेका महत्वपूर्ण कार्यहरु सार्वजानिक गरेको छ ।

नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख गङ्गाप्रसाद खरेलले उर्लाबारीको विकास र समृद्धिका लागि नगरपालिकाले जनमुखी बजेट निर्माण गरेको बताउनुभयो । उहाँले उर्लाबारीलाई पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।

उर्लाबारी नगरपालिकाको पहिचानलाई बढोत्तरी गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७९/०८० का लागि उर्लाबारीमा रहेको बेतेनी सिमसार र लाम्पाते सिमसारको विकासका लागि रु एक करोड विनियोज गरेको उहाँले जानकारी दिनुभयो । नगर प्रमुख खरेलले उर्लाबारीलाई सिमसारको सहर भनेर चिनाउने अभियानमा नगरपालिका लागि परेको बताउनुभयो ।

यस्तै उर्लाबारीको गौरवको आयोजनाका रूपमा रहेको आधुनिक बक्राघाट निर्माणका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । उज्यालो उर्लाबारी अभियानलाई निरन्तरता दिँदै सडक बत्ती विस्तार हुन नसकेका स्थानमा सडक बत्तीको विस्तार गरी उर्लाबारीलाई उज्यालो र सुरक्षित उर्लाबारी बनाउने अभियानमा नगरपालिका लागी पर्ने समेत उहाँले बताउनुभयो ।

उहाँका अनुसार पालिकाका नौवटै वडामा नागरिक साहयता कक्षको स्थापना गरी सेवा प्रदान गरिनुका साथै सबै वडामा निःशुल्क फोटोकपी सेवा प्रदान गर्दै नागरिकलाई सहजताका साथ प्रदान गरिएको छ ।

शिक्षा ऐन, खानेपानी सेवा व्यवस्थापन तथा नियमन ऐन, आपत्कालीन कार्य सञ्चालन कार्यविधि, सहकारी संस्था दर्तासम्बधी कार्यविधि, सहकारी ऐन, २०७६ को पहिलो संशोधन, कोसेली घर सञ्चालन कार्यविधि, शिक्षा नियमावली, नगर खेलकुद कार्यविधि स्वास्थ्य संस्था सञ्चालन तथा निर्देशिका ई–रिक्सा कार्यविधि, सार्वजनिक खरिद नियमावली, एम्बुलेन्स तथा शव वाहन सेवा सञ्चालन निर्देशिका ऐन नगरसभाबाट पारित गरिएको उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्