सुनसरीमा नहरमा नुहाउने क्रममा डुबी दुईजनाको मृत्यु

<span class='c1'>सुनसरीमा नहरमा नुहाउने क्रममा</span> <span class='c2'>डुबी दुईजनाको मृत्यु</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ ।

बिहिबार बिहान करिब १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र-४ कि ३६ बर्षीया शोभो खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकि सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवी मृत अवस्थामा फेला परेको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्