धरानबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>धरानबाट प्रतिबन्धित लागुऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन् ।

बिहिबार दिउसो करिब ४:३० बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर बरामद भएसंगै प्रदेश १-०२-००३ ह १६४९ नम्वरको टेम्पो सहित नियन्त्रणमा लिइएका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्