उदयपुरको बेलका दिलुङटारमा राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको छ ।
स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले बताए ।
स्थानीयका अनुसार बस्नेत परिवारको हत्या उनको नातामा दाजु पर्नेले गरेको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक खनालले बताए ।
उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।