बङ्गलादेश सडक दुर्घटनाः नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते

<span class='c1'>बङ्गलादेश सडक दुर्घटनाः नौ</span> <span class='c2'>जनाको मृत्यु, त्रिसट्ठी घाइते</span>

राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तरपश्चिममा अवस्थित रङपुर जिल्लामा आज अपराह्न भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किदा उक्त हताहति भएको हो । घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्