प्रदेश १ का २८ निर्वाचन क्षेत्रका लागि तीन पार्टीबाट २२१ जना सिफारिस

<span class='c1'>प्रदेश १ का २८ निर्वाचन क्षेत्रका लागि</span> <span class='c2'> तीन पार्टीबाट २२१ जना सिफारिस</span>

विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश १ का २८निर्वाचन क्षेत्रका लागि मूख्य तीन पार्टीले २२१ जनाको नाम उमेदवारको लागि सिफारिस गरेका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा क्षेत्रमा कांग्रेस, एमाले र माओवादीबाट २२१ जना उम्मेदवार सिफारिसमा परेका हुन् ।

कांग्रेस र एमालेको जिल्लाबाट प्रदेश समितिमा शतप्रतिशत सिफारिस गरेका छन् । माओवादी केन्द्रको भोजपुर र सोलुखुम्बुको सिफारिस हुन बाँकी छ । नेपाली कांग्रेसबाट ९२, एमालेबाट ७४ र माओवादी केन्द्रबाट ५५ जना उम्मेदवार सिफारिस भएका छन् ।
सिफारिस भएका उम्मेदवारमध्ये एमालेबाट १३ जना, कांग्रेसबाट १० र माओवादी केन्द्रबाट ११ जना उम्मेदवार एकल सिफारिसमा परेका छन् । एमालेबाट एकल सिफारिस हुनेमा पाँचथरबाट वसन्तकुमार नेम्वाङ, इलाम–१ बाट महेश बस्नेत, इलाम–२ बाट सुवासचन्द्र नेम्वाङ, झापा–१ बाट रविन कोइराला, झापा–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, धनकुटाबाट राजेन्द्रकुमार राई, मोरङ–२ बाट ऋषिकेश पोखरेल, मोरङ–३ बाट भानुभक्त ढकाल, मोरङ–४ बाट विनोद ढकाल, सुनसरी–१ बाट जयकुमार राई, सुनसरी–३ बाट भगवती चौधरी, सुनसरी–४ बाट जगदिश कुसियैत र सोलुखुम्बुबाट मानवीर राई छन् ।

नेपाली कांग्रेसबाट एकल सिफारिस हुने ८ उम्मेदवारहरुमा पाँचथरका भिष्मराज आङ्देम्बे, झापा–१ बाट विश्वप्रकाश शर्मा, झापा–३ बाट कृष्णप्रसाद सिटौला, झापा–४ बाट देउमान थेबे, धनकुटाबाट सुनिल थापा, मोरङ ३ बाट सुनिल शर्मा, सुनसरी–३ बाट विजयकुमार गच्छदार, सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की, सोलुखुम्बुबाट आङ्गेलु शेर्पा र उदयपुर–१ बाट डा.नारायण खड्का छन् ।

माओवादी केन्द्रबाट एकल सिफारिसमा पर्नेहरूमा पाँचथरबाट हर्कबहादुर नेम्वाङ (मिक्सो), झापा–१ बाट राम कार्की, झापा–२ बाट राजु आचार्य, झापा–४ बाट झलकसिंह दर्लामी, तेह्रथुमबाट इन्द्रबहादुर इम्सोङ लिम्बू, धनकुटाबाट हेमराज भण्डारी, मोरङ–१ बाट प्रेम मिभक लिम्बू, मोरङ–२ बाट गणेश उप्रेती सुशील, मोरङ–४ बाट अमनलाल मोदी, मोरङ–५ बाट शिवकुमार मण्डल र ओखलढुंगाबाट राम कार्की एकल सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्