न्युयोर्कमा ८० हजार जना घरबार विहीन

<span class='c1'>न्युयोर्कमा ८० हजार</span> <span class='c2'>जना घरबार विहीन</span>

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ ।

झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो ।

सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जना मात्रै घरबार विहीन रहेको जनाएको छ । विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ ।

घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्