स्वतन्त्रता दिवसको कार्यक्रममा भएको झडपमा परी गुटेमालामा नौको मृत्यु, बीस घाईते

<span class='c1'>स्वतन्त्रता दिवसको कार्यक्रममा भएको झडपमा परी</span> <span class='c2'>गुटेमालामा नौको मृत्यु, बीस घाईते</span>

स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी गुटेमालामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

बिहीबार बिहान स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर झडप भएको थियो । देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनान्गोमा घटना भएको घटनास्थलमा पुगेका स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन् ।

रेडक्रसकर्मीहरुले सामाजिक सञ्जालमा लेखे अनुसार घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ ।

गुटेमालामा हरेक बर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्पेनको नियन्त्रणबाट मुक्त भएको सम्झनामा गुटेमालामा स्वतन्त्रता दिवस मनाउने गरिएको हो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्