-रिकेश निराैला
आयाे है ! आयाे गाउँघरमा दशै आयाे,हर्षाे उल्लास छायाे
छाेप्याे है छाेप्याे गाँउघरमा दशैले छपक्कै छाेप्याे
त्यही गाउँकाे मुटुमा मेराे एउटा पुर्ख्याैली घरै छ
त्याे मेराे गाउँकाे घर मलाई प्राणशरी नै प्याराे लाग्छ
त्यही घर मेराे जन्मभूमि,त्यही गाउँ नै मेराे कर्म भूमी
जसले मलाई आज यहाँसम्म पुर्यायाे,उसलाई नै म कसरी भुल्छु र
शहर पसेकाे छाेरा आउछ भनी बसेकाे छ झार घरै वरिपरि
भत्किनै भित्ता लिपपाेत गर्न मेरै बाटाे हेरीरहेकाे छ
माता पिता छाेराे आउने आशमा बार्दली समाई बाटाे हेरीरा छन्
त्यसैले हाेला दशैंमा गाउँ नफर्की मेराे मन मान्दैमान्दैन
म घर गएर कमेराे माटाेले घर पाेत्नु,आँगनिमा पिङ हाल्नु छ
बारीमा पहेलपुर भएर मेरै बाटाे हेर्दै छन्न केराका घरीहरु
गाउँका साथिभाई मेराै बाटाे हेर्दै छन्न रमाईलाे गर्नलाई
खाेला नाला,पाखा पखेरा हतारीएका छन्न मलाई नै स्वागत गर्नलाई
जसलाई म कदापि कहिलै भुल्न सक्दैसक्दिनँ
जुन बाटाेले मलाई हिड्न सिकायाे,आज उही मेराे प्रतिक्क्षामा छ
घाँस दाउरा गर्न म जाने जङ्गल दशै आयाे भन्दै रमाई रहेकाे छ
जसले मलाई अन्न दिन्छ,मेराे खेत-वारि पनि आज मलाइ नै कुरीरहे छ
त्यही भएर म बर्ष दिनमा एकफेर भएपनी फर्कि जान्छु मेरै गाउँ
तिमीहरु मेराे प्रतिक्क्षा गर्छाै,म पनि तिमीहरुलाई हरपल सम्झीरहन्छु
अब प्रतिक्क्षाकाे घडी समाप्तभयाे,म आउदैछु चाडैं जहाजै चढी
सबैकाे घरघरमा खुसी छाओस,मनले शान्ती पाओस
दुख कष्टसबकाे नाश हाेस्,घरघरमा भगवतीकाे बासहाेस-२।।
(वडा दशै-२०७९काे सम्पूर्ण पाठक वर्गहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु)