मोरङ ६(२) को प्रदेशसभा सदस्यमा कार्की विजयी

<span class='c1'>मोरङ ६(२) को प्रदेशसभा</span> <span class='c2'>सदस्यमा कार्की विजयी</span>

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ (२) बाट नेपाली काँग्रेसका केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका उमेदवार पर्शुराम बस्नेतलाई एक हजार १७७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।

उनले १० हजार ४४६ र बस्नेत ९ हजार २६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा समेत कार्की यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । निर्वाचित कार्कीलाई प्रतिस्पर्धी बस्नेतले बधाई ज्ञापन गरेका छन् ।मतगणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्