लेटाङमा मिक्सचरको ठक्करबाट ओभरसियरको मृत्यु

<span class='c1'>लेटाङमा मिक्सचरको ठक्करबाट</span> <span class='c2'>ओभरसियरको मृत्यु</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका– ९ स्थित तेली खोलाको निर्माणाधीन पुलमा मिक्सचर मेसिन दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका–१४ सिरहाका २४ वर्षे सुनिल साहको घटनास्थलमा नै मृत्यु भएको हो ।

को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले ठक्कर दिदाँ साहको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्