विराटनगर । प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले राजीनामा दिएका छन् ।
मन्त्री राईले बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन् ।
२०७९ माघ २३ गते दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा उनि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुक्त भएका थिए ।
मन्त्री राई गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छन् ।