चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको छ: मुख्यमन्त्री राई

<span class='c1'>चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने</span> <span class='c2'>विश्वास रहेको छ: मुख्यमन्त्री राई</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको बताएका छन् ।

इसाई धर्मावलम्बीहरूको मुख्य चाड क्रिसमसको सुखद अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राईले नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको बताएका हुन् ।

"नेपालको संविधानले नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको रुपमा स्वीकारे गरेकाले एकातिर आ–आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति, रीति–रिवाज मान्न पाउने अधिकार र स्वतन्त्रता सुरक्षित छ भने अर्कोतिर सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्यको र सबै नेपालीको साझा दायित्व र कर्तव्य हो । " शुभकामना सन्देशमा उल्लेख छ ।

"हाम्रा जुनसुकै चाडपर्व, संस्कृति र परम्पराहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण छन् ।"

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्