विराटनगर । प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा सपथ ग्रहण गर्ने भएका छन ।
शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात सोमबार १स्३० बजे प्रदेशसभा सचीव गोपालप्रसाद पराजुलीले आव्हान गरेका छन ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बु, कमलप्रसाद जबेगु , खगेनसिंह हाङ्गाम र निर्मला लिम्बूले मातृभाषा अर्थात लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने भएको प्रदेशसभा सचीव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
आङ्बो माओवादी केन्द्रको तर्फबाट पाँचथर क ९ख० बाट विजयी भएका हुन । खिनु लङवा लिम्बू एकीकृत समाजवादीबाट ईलाम १ ९क० बट, जबेगु पनि एकीकृत समाजवदीको तर्फबाट पाँचथर १९१० बाट, हाङगाम ताप्लेजुङ १९ख० बाट निर्मला लिम्बू ताप्लेजुङबाट जसपाको समानुपातिक सांसद हुन ।
शपथ ग्रहणका लागि राष्ट्रिय पोसाक वा आफ्नो संस्कृति झल्कने पोसाक अनिवार्य गरिएको संसद सचिवालयले जनाएको छ ।