नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज

<span class='c1'>नवनियुक्त प्रधानमन्त्री दाहालको</span> <span class='c2'>शपथ आज</span>

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज हुने भएको छ ।

सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो । उनलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको डा अधिकारीले जानकारी दिनुभयो ।

सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्