काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।
आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्ने लागेका हुन् ।
प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छोड्ने तयारी गरेको बुझिएको छ । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत रहेको छ ।
फोटो:फाइल