विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्।
शुक्रबार झापामा भएको संसदीय दलको बैठकले सिटौलालाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिइन् ।
राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ५ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्।
प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित २ जना र समानुपातिकबाट निर्वाचित ५ गरी ६ जना सांसद छन्।