प्रदेश १ : प्रदेशसभा बैठकबाट दुई अध्यादेश र एउटा नियमावलीपारित

<span class='c1'>प्रदेश १ : प्रदेशसभा बैठकबाट</span> <span class='c2'>दुई अध्यादेश र एउटा नियमावलीपारित</span>

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावलीपारित गरेको छ ।

आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश र प्रदेशसभानियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ पारित भएको हो । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताउनुभयो ।
हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयन गरिरहेका छौँ, हामी आफै बजेट बनाउने तथा कार्यान्वयन गर्ने गछौं तर, प्रशासनि करुपमा कर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागि प्रदेश निजामती सेवा अध्यादेश २०७९ सदननभएको बेला आवश्यक देखिएकाले ल्याएकाहौँ ।’

सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवाअध्यादेश २०७९ र केहीप्रदेश ऐन संशोधनअध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकले केहीप्रदेश ऐन संशोधनअध्यादेश पनिपारित गरेको छ ।

आइतबारको बैठकले तत्कालीन वन, वातावरण तथा भू-संरक्षण मन्त्री तथा प्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामी पौष २५ गते दिनको १ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्