कुरा हो आज भन्दा एक वर्ष पहिलाको, म इनरुवा बस पार्कमा दमक जाने बसको प्रतिक्षामा थिएँ। यतिकैमा माईक्रोबस बाट ओर्लिएर एउटा सानो नानिको हात समाउदै आफू तिर आउँदै गरेकी एउटी महिलालाई अचानक देखेर म झल्यास्य भए। मैले उसलाई कहीँ कतै देखेजस्तो, राम्रै सगँ चिनेजस्तो लाग्यो।बसपार्क निकै भिड थियो, त्यो भीडलाई उछिनेर ऊ आफ्नो गन्तव्य तिर लाग्नु भन्दा अघिनै मलाई निकै कौतुहल लाग्यो अनि मैले जिज्ञासापूर्वक तरहले सोधिहाले, तिमी उषा होइनौँ ? एक्कासि कहीँ कतै बाट निकै ठुलो झड्का लागे झैँ ऊ पनि झल्यास हुँदै अल्मलिइ। दोधारमा परी, यो मैले नचिनेको तर मलाई राम्रो सगँ चन्ने मान्छे को रैछ भनेर। मैले पनि निसङ्कोस तरहले आफ्नो परिचय दिँदै भनेँ, ‘म राहुल।’ हामी एउटै स्कुल पढेका, बालापन देखीका साथी होइनौँ त ?
मैले यति भनी सक्ने वितिकै उ झसङ्ग भई, लामो जिभ्रो निकाल्दै भनी, ओहो ! मैले तिमीलाई चिन्नै नसकेको। के सारो मोटाएछौ, अनि पहिला भन्दा निकै अग्लो भएछौँ नि तिमी।
मैले हो त भन्दै उस्लाई अनुरोध गरे, ‘हाम्रो गन्तव्य नमिले पनि एक छन समय निकालेर एउटा होटलमा बसेर चिया पिउदै गफ गरौँ न।’ मेरो अनुरोध लाई स्वीकार गरेर उस्ले आफ्नो नानी लाई डोर्याउँदै होटलभित्र छिरी। मैले दुई कप चिया अडर गरेर अनि हामी होटलको एउटा कुनामा बस्यौँ। नानी पनि मोबाइल हेर्दै अल्मलीन थाल्यो। उसले नम्र स्वरमा सोधी, ‘तिमिले बिहे गरेका छैनौ ?’
मेरो आखाँ रसायो, मन भक्कानिदै मन र मस्तिष्कमा अनेकौ कुरा खेल्न थाल्यो । मैले मुस्किलले ‘अँ’ सम्म भन्न सके र विगतको अन्तरङ्गमा हराएँ।एतिकैमा हाम्रो चिया पनि आइपुग्यो।
झुटो रहेछ तिम्रो माया, छुटे पछि थाहाँ भयो
जोडिएको मन आज, टुटे पछी थाहाँ भयो
मायाको यो बगैचामा, फुल फुल्न लाग्दा खेरी
मुसलधारे अशिनापानिले चुटे पछि थाहाँ भयो ।
उषा त्यही केटी हो जसले आफ्नो रगतले मलाई प्रेम पत्र लेखेकी थिई । ऊ मेरो जिवनको पहिलो प्रेमिका थिइ जस्लाई म हृदय देखिनै चाहान्थे र आफुलाईभन्दा धेरै माया गर्थे।
बुबाआमाले नमाने भागेर विबाह गरौं र घरजम गरौँ समेत भनेकी थिई तर हामी दुवै जानाको पारिवारिक कुरा मिल्ने कुरै थिएन । उ ब्राह्मण कुलकि छोरि थिइ भने म दलित । त्यसमाथि हामी दुवैको कलिलो अल्लारे उमेर,परिपक्क र विभिन्न जिम्मेवारी बोध गर्ने अवस्था पनि थिएन । मलाई प्रेम प्रस्ताव राख्ने अरु पनि थुप्रै केटि हरु थिए तर म अरुको प्रेम प्रस्ताव लाई वास्तै गर्दीन थिए । हर्पल उषा लाई नै चाहान्थे, सपनिमा समेत उस्लाई नै देख्थे । तर जीवन आफूले सोचे जस्तो सजिलो र आफूले चाहेको सबै कुरा कहाँ पाइदो रहेछ । तेतीखेर मेरो जिवनमा अनुकूलभन्दा प्रतिकुल अवस्था ज्यादा भयो । विविध कार्णले हरुले गर्दा हामी दुईको घरजम हुन सकेन।
विगतको रमाइलो क्षण हरुलाई स्मर्ण गर्दै हामी दुई निकै मिठा र रमाईला बात मार्दै थियौ । धेरैबेरको सन्नाटलाई चिर्दै, मन नलागि नलागि भएपनि उनले भनी, ‘पुराना कुरा बिर्सौँ यसैमा हाम्रो भलाई छ, होइन ? बरु भन तिमी कहिले बिहे गर्छौ, म सकेसम्म आफ्नो व्यक्तिगत तर्फ बाट सहयोग गरूँला।’
उ पहिला जस्तै फरासिली रैछिन,केही परिवर्तन भएको रैनछ । म भने पहीला देखीनै अली लजालु स्वभावको थिए । हाम्रो भेट नभएको झन्डै बार्हृ बर्ष भै सकेको रहेछ। उ भन्दै थिईन ‘भनन तिमिले कति पढ्यौ ? के गर्दैछौ ?’
मैले आफू अध्यनमै व्यस्त रहेकोले बिहे नगरेको र अझै केही बर्ष बिहे नगर्ने सोच भएको कुरा बताएँ।अहिले एउटा कम्पनिमा काम काम गर्दै गरेको जानकारी पनि दिएँ । ऊ धेरै खसी भई,आफु पनि आज भन्दा चार बर्ष पहिला धरान को केटा सगँ विबाह बन्धनमा बाधिएकि रैछिन् अनि अहिले श्रीमान कुवेत गएको कुरा पनि बताई । छुटिने बेलामा उसले भनी, ‘चाँँडै बिहेको निम्ता पठाऊ है । म अवस्य आउँछु।’ बिहे ढिलो गरे सन्तान ढिलो हुन्छन्, तिमी झन पश्चातापमा पर्छौ । अरुसगँ बिहे गरे गए पछि पनि मेरो ख्याल गर्दि रैछउ भनेर मैले मन मनै सोचे । ऊ आफ्नो नानीको हात समातेर होटल बाट बाहिर निस्केर आफ्नो गन्तव्य तिर लागि । उसको नानीले मलाई गिज्याइ रहेको भान मेरो मन भित्र सलबलाई रहयो । हामी दुवै जानाले पिएको चियाको बिल तिरेर म पनि बस चढेर आफ्नो गन्तव्य तिर लाग्दै गर्दा उस्को याद ले सताईरयो । निको भैसकेको घाउ कोट्याए जस्तो भयो मलाई त्यो भेट पनि । मेरो आखाँमा खालि उस्कै मुहार झल झल्ति आईरहयो।
उनका ती चञ्चल आँखा अनि उनको त्यो हाउभाउ फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् आज यतिका बर्ष पछि सम्म पनि जस्ताको तस्तै रैछिन उनी । महिनामा तीन चार दिन उनी स्कुल आउदिन थिइन्, उनलाई आफ्नो क्यासमा देख्न नपाउदा मलाई सारै नरमाईलो महसुस हुन्थियो । सारा कक्षा कोठानै सुनसान लाग्थ्यो,अरु साथिभाई हरुले बोलाउदा खेरि झर्को लाग्थ्यो, रिस मात्रै उठ्थियो,खाजा खान जान समेत मन लाग्दैन थियो,आफू पनि बेकारमा स्कुल आए जस्तो लाग्थियो मलाई । ऊ मेरो समिपमा हुदा सारासंसार नै आफ्नो अधिनमा रहे जस्तो लाग्थयो । हामी कक्षा कोठामा पनि नजिकै नजिकै बस्थियौ, सानो सानो कुरामा हाम्रो झगढा पनि परि रहन्थियो तर जति झगढा पर्थियो हामी दुईको माया पनि झन प्रगाढ हुँदै जान्थियो।खाजा खान जादा समेत सगैँ जान्थियौ, हामी दुई मध्ये एक ले जे खाजा खायो अर्को ले पनि तेही खान्थियौ । मैले खाजा खाएको पैसा कहिले उस्ले तिर्थिन भने कहिले म तिर्थिए ।
गृहकार्य गर्दा पनि हामी एक अर्कालाई मदत गर्दै गर्थियौ, अझ कहिले काहिँ मेरो गृहकार्य पनि उस्लेनै गरिदिन्थि । ऊ बजार तिर गएको बेला मलाई मन पर्ने मिठाई हरु ल्याईदिन्थि भने म पनि बजार तिर गएको बेला उसलाई मन पर्ने खानेकुरा हरु ल्याई दिनेथिए । हामी आफ्नो लागि लुगा किन्दा समेत एक अर्कालाई रोधेर,रोजाएर किन्ने गरेका थियौं । यसरी दिन हरु वित्दै गए,हाम्रो सम्बन्ध झन झन गहिरिदै गयो।यहि क्रम ३–४ बर्ष सम्म चलेछ,हामी दुई पाचँ कक्षा बाट एउटै स्कुलमा सगैं पढ्दै आएका थियौं।दस कक्षा उत्किर्ण भएपछि भने हामी फरक फरक कलेज पढ्ने भयौ, अनि हाम्रो भेट क्रमश पातलिन थाल्यो । हामी दुईको ज्यान मात्र फरक कलेजमा थियो,मन भने सधै सगैँ हुनेथियो । भेट पातलिए पनि कहिले उसले फोन गर्थि भने कहिले म गर्थिए । दैनिक साझँ पख करिव एक घण्टा जस्तो फोनमा हाम्रो संवाद हुन्थियो।
यतिकैमा हामी दुवैजनको ं२ सकियो अनि उसको घरमा बिहेको कुरा चल्न थालेछ।विभिन्न ठाउँ बाट केटा हरु उसलाई हेर्न आउन थालेछन्न।हाम्रो नेपाली समाजमा छोराको भन्दा छोरीको विवाह गरिदिने प्रचलन सधियौं बर्ष पहिला देखि चलिआएकोछ।अधिकाम्सले छोराको विवाह २८र२९ बर्षमा गरिदउन्छन्न भने छोरीको विवाह १९र२० बर्षमै।उषाकोत झन १७ पूरा भएर १८ लाग्ने वितिकै विवाहको कुरा गर्न थाल्नु भएछ घरपरिवार बाट।उसले आफ्नो घरमा विवाहको कुरा चल्न थालेको कुरा इतिवृतान्त मलाई फोन गरेर सुनाइन् तर हामी दुवै जानाको घर परिवारलाई हाम्रो सम्बन्धको बारेमा केही थाहाँ थिएन तर उसको घरमा विवाहको कुरा दिन प्रतिदिन झन बढ्न थाल्यो।अब हामी दुई यस्तो अवस्थामा पुग्यौकि न एक अर्कालाई माया मारेर छोढ्न नै सक्छौ,न विवाह बन्धनमा बाधिएर घरजम नै गर्न सक्छौ।ऊ १८ वर्षकि थिइन अनि म १९ बर्षको उरन्ठेउलो केटो,छोरी माग्न जादा पनि कस्ले दिन्थे होलार यस्तो उरन्ठेउलो अल्लारे कटालाई।न कुनै जागिर छ,नत २ पैसा कमाई नै,कस्लाई पो आफ्नो मुटुको टुक्रा जस्ति छोरी धेर भएकि हुन्छिन् ?
तेस्माथी हामी दुइको जात मिल्दैन थियो घर सल्लाहा गरेर विवाह गरौनत भन्दा,भागौं भने कहाँ जाने,के खानेरुरुहामी दुवै जाना के गर्ने न कसो गर्ने भनेर ठूलो धर्म सङ्कटमै पर्यौं।सहमतिमै विवाह गरौ भन्दा घरपरिवार मान्ने अवस्था नै थिएन।भागै भने भागेर पो फेरि के गर्नेरुजाने र खाने ठाउँ कतै छैन फिरि साथमा २ पैसो पनि थिएन।मैले उनलाई भनेको पनि थिए(तिमी भखर १८ बर्षकि हुँदैछौं अनि म १९ बर्षको,अरु ६र७ बर्ष हामी दुवै जनाले एक अर्कालाई प्रतिक्क्षा गरौं तेतिन्जेल सम्ममा केही त कसो न होला भने।६र७ बर्ष पछि हामी दुवैजानाको विवाह गर्ने बेला पनि ठिक्क हुन्छ,अहिले हामी दुवै जाना सानै छौ।विवाह बारी २० बर्ष पारि भन्ने कुरा पढेकै छौ होला तिमी ले पनि।तर मैले उसलाई भनेर के लाग्थियो,उसले भनेको कस्ले पो सुन्थियो घरमारु उसको घरपरिवार विवाह गर्नको लागि दिनै पिछे १८ बर्षमै विवाह गर्नु पर्छ भनेर दवाब आईरहन्थियो।आफ्नो घरपरिवारको सबै सदस्यको लागि विचरी एक्लैको के चल्थियो र !
अन्त्यमा,हामी दुवैको केही सीप चलेन अनि मर्नु भन्दा बैलाउनु निको भन्ने सल्लाह गरेर हामी दुईको अजम्बरी अटुट माया लाई अन्त्य गर्ने निधो गर्यौं।अनि बिस्तारै हामी दुईको फानमा कुराकानि पातलिन थाल्यो,एक अर्काको अधिकाम्स कुरा हरु आधानप्रधान गर्न छोढ्यौं।अनि बिस्तारै कहि महिना पश्चात हामी दुवैको सम्पर्गै हुन छोढ्यो,अनले विवाह गरेको कुरा एक जाना स्कुलकै साथिले मलाई सुनाएको थियो तर मै त्यो विषय वास्तै गरिन।६ बर्ष पहला सङ्गै जिउने सङ्गै मर्ने कसम खाएको मान्छेको अरुनै अपरिचित केटा सगँ विवाह भएको भएको कुरा सुन्नै चाहिन र सुन्न पनि सक्दिन थिए।यहीँ कुराहरु सम्झिदै थिए गाढीमा सहचालके एक्कासि मलाई घच्घचियाउँदै दाइ तपाई ओर्लिने ठाउँ आई पुग्यो दमक भने पछि म झसङ्ग भएर आसँ भरी आरु भएको रहेछ अनि आँसु पुस्दै बस बाट ओर्लिएर आफ्नो काम तिर लागे।।
(लेखक निरौला इटहरी स्थित इटहरी नमुना कलेजमा आमसंचार तथा पत्रकारिता विषय अन्तर्गत स्नातक तेस्रो विषयमा अध्यनरत छन्न।)