नेपालको इतिहास हेर्दा संस्कृत भाषा महत्वपूर्ण रहेको छ : प्रदेश प्रमुख खापुङ

<span class='c1'>नेपालको इतिहास हेर्दा संस्कृत भाषा महत्वपूर्ण</span> <span class='c2'>रहेको छ : प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले नेपालको इतिहास हेर्दा संस्कृत भाषा महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल शिक्षण परिषद्ले विराटनगरको लक्ष्मीनारायण वेद विद्याश्रमम, गुरुकुलममा आयोजना गरेको १२ दिने आवासीय अध्यापक/आचार्य स्वाध्यायवर्गको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।

कार्यक्रममा १२ जनालाई आचार्य गौरब सम्मान तथा संस्कृत युवा गौरव पुरस्कार (नगदसहित) प्रमुख अतिथि रहनुभएको प्रदेश प्रमुख माननीय परशुराम खापुङले प्रदान गरेका थिए । आचार्य गौरव सम्मान पाउनेमा सह प्राध्यापक डा. गुरुप्रसाद सुवेदी, मणिराम आचार्य, चन्द्रप्रकाश आचार्य, यदुनन्दन निरौला, आचार्य चक्रपाणी नेपाल, कविराज निरौला, गोविन्द घिमिरे छन् भने संस्कृत युवा गौराम पुरस्कार पाउनेमा जीवन पौडेल, श्रीकृष्ण लामिछाने, माधव रिजाल, नविन खनाल, कमल खनाल, आशिष पौडेल, रमेश पोखरेल रहेका छन् ।

यस्तै स्वामी अच्युत प्रपन्नाचार्यले संस्कृत धार्मिक भाषा नभएको प्रष्ट पारेका थिए । भने, स्वामी अच्युत कार्यक्रमको सभापति हुनुहुन्थ्यो भने परिषद्का महामन्त्री डा. बासुदेव कृष्णशास्त्री, डा. दीप कोइराला, आचार्य डा. गुरुप्रसाद सुवेदीले आफ्ना धारणा रोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्