सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

<span class='c1'>सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता</span> <span class='c2'>गर्न सदस्य चयन</span>

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला सिर्पाली ठकुरीलाई सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभाको आजदेखि सुरु भएको बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाको नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्