विराटनगर । प्रदेश १ सरकारको बिना विभागिय मन्त्री निर्मला लिम्बूले प्रदेश १ को नामकरण पहिचानको आधारमा हुनुपर्ने बताएकी छन् । मंगलबार प्रदेशसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
संविधान पूर्ण नभएको उल्लेख गर्दै उनले सच्याउनु पर्ने बताइन् । उनी जनता समाजवादी पार्टीको एक्लो सांसद हुन ।
यस्तै एमालेका सांसद रामकुमार रानामगरले प्रदेशको नामकरण पहिलो प्राथमिकता रहेको बताए । उनले पहिलो कार्यकालमा राजधानी तोकिए पनि संरचना निर्माणमा अब प्राथमिकता दिनुपर्ने जोड दिए ।