गठबन्धन गरेपछि किन पार्टी चाहियो ?: गौतम

<span class='c1'>गठबन्धन गरेपछि किन पार्टी</span> <span class='c2'>चाहियो ?: गौतम</span>

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गर्नुभएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।” उहाँले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गर्नुभयो ।

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्