नेराक संगठन (निजामती)को ओखलढुंगा, भोजपुर र झापा जिल्ला समिति निर्माण

<span class='c1'>नेराक संगठन (निजामती)को ओखलढुंगा, भोजपुर</span> <span class='c2'>र झापा जिल्ला समिति निर्माण</span>

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को झापा, भोजपुर र ओखलढुंगा जिल्ला समिति गठन भएको छ ।

ओखलढुंगाको पाँचौं जिल्ला अधिवेशनबाट सन्तोष आचार्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको हो । उक्त समितिको उपाध्यक्षमा लक्ष्मण धमला, सचिवमा नेत्र बाँस्तोला, सहसचिवमा कृष्ण खतिवडा, कोषाध्यक्षमा सन्तोष लम्साल रहेका छन् ।

यस्तै संगठनको केन्द्रीय प्रतिनिधिमा हस्विन बाँस्तोला, एविन बाँस्तोला र सोम बाँस्तोला रहेका छन् भने प्रदेश प्रतिनिधिमा जीवन घिमिरे, डम्मरकुमार राई र तेजविनोद पोखरेल रहेका छन् । जिल्ला अधिवेशनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष निशान्त शर्मा रहेका थिए ।
यस्तै सोही संगठनको झापा जिल्ला समिति पनि निर्माण भएको छ । झापा जिल्ला समितिको अध्यक्षमा रामचन्द्र बस्नेत, उपाध्यक्षमा रणबहादुर पौडेल, सचिवमा रमेश पाण्डे, सहसचिवमा प्रमोदहाङ आङ्बो, कोषाध्यक्षमा निर्मला सिग्देल रहेका छन् । यस्तै सदस्यहरुमा कमलप्रसाद भट्टराई, प्रेम कुमारी पौडेल, सागर खड्का, विरेन्द्र पौडेल, रविन कुमार राजवंशी, तारा न्यौपाने, उपेन्द्र दाहाल, स्मीता खड्का भण्डारी, नरवीर लिम्बू, हेमलाल न्यौपाने, नारायण गौतम, दिव्या ओली, उपेन्द्र प्रसाद शाह, अजयकुमार यादव, रामकृपाल अधिकारी र वुद्धि बोहरा रहेका छन् ।

उक्त अधिवेशनबाट केन्द्रीय प्रतिनिधिका लागि यदुनन्दन दाहाल, गणेश पाण्डे र शिवप्रसाद चौधरी रहेका छन् । यस्तै प्रदेश प्रतिनिधिमा माधव बास्कोटा, अम्मर राई, देबेन्द्र चापागाईं, मातृका चापागाईं, प्रेम प्रसाद न्यौपाने, राम अधकिारी र विश्वनााथ सुवेदी रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का पूर्व कृषि मन्त्री तथा माओवादीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी रहेका थिए ।

यस्तै सोही संगठनले भोजपुरको जिल्ला समिति पनि निर्माण गरेको छ । उक्त जिल्ला समितिको अध्यक्षमा नरेशकुमार राई रहेका छन् । उपाध्यक्षमा दिलिपकुमार झा, केशव सापकोटा र मन्जु राई, सचिवमा अनिल कुमार मण्डल, सहसचिवमा जगन्नाथ गुरागाईं र कोषाध्यक्षमा प्रविण राई रहेका छन् । सदस्यरुमा राजकुमार तामाङ, राजन ढकाल, राजेश दाहाल, विनोद खत्री र सुरेशप्रसाद फुयाल रहेका छन् ।

केन्द्रीय प्रतिनिधिमा कृपाराज जोशी, सशिबाबु रेग्मी र सजात भुजेल चुनिएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा भने वैजु प्रसाद साह, सौगात रेग्मी, सिताराम राउत र कृष्णकुमार नेपाल चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्