सुनको मूल्य तोलाको एक लाख पाँच हजार

<span class='c1'>सुनको मूल्य तोलाको एक</span> <span class='c2'>लाख पाँच हजार</span>

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार एक सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्