काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान आइतबार बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । क्याप्टेन कमल केसी नेतृत्वको चालक दलले उडाएको जहाज १०ः५० बजे अन्तिम पटक पोखरा टावरसँग सम्पर्कमा आएको थियो ।
दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । तीमध्ये ६८ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । अन्यको शव खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छ ।
विमानमा १५ जना विदेशी नागरिक थिए । तीमध्ये ५ भारतीय, ४ रुसी, कोरियाका २ र आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक–एक नागरिक विमानमा थिए । यती एयरलाइन्सका प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै सवार ६८ यात्रुको मृत्यु भईसकेको जानकारी गराएका छन् ।