काठमाडौँ । नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध भएकाे छ ।
कम्पनीकाे ल्यानलाइन, प्रिपेड तथा पाेस्पेट सेवा मंगलबार अपराह्न १२ बजेदेखि अवरुद्ध भएकाे हाे ।
टेलिकमकाे आधिकारिक वेबसाइट पनि बन्द छ ।
देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन ।
नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।