विराटनगर । मंसिर ४ को निर्वाचन ताका चुनावी अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोजपुर पुगेर सुदन किराँतीलाई मन्त्री बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । उनले भोजपुरवासीलाई किरातीलाई जिताएर पठाउन आग्रह समेत गरेका थिए । सोहि अनुसार उनले प्रदेश १ का संस्थापक पूर्वमुख्यमन्त्री शेरधन राईलाई भारी मतान्तरले पराजित गरे ।
यतिबेला प्रधामन्त्री दाहाले नागरिक उड्डययन तथा पर्यटन मन्त्रालयको जिम्मा पाउने भएका छन् । दुईपटक संसदीय यात्रा तय गरिरकेका किरातीको यो यात्रा तेश्रो पटक रहेको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय नेता एवम् भोजपुर जिल्ला इन्चार्ज समेत रहेका राई बेलायती आर्मी परिवारमा जन्म भएको हो । उनको पुख्र्यौली घर भोजपुर भए पनि बुवा बेलायती आर्मी भएकाले उनको जन्म हङकङमा भएको हो ।
लाहुरे परिवारमा हुर्किएको भए पनि पनि गाँउमा भएको गरिब र धनी बीचको खाडल पुर्न र असमानतालाई समानतामा परिवर्तन गर्न जनयुद्धमा होमिएका उनी हङकङमा जन्मेको भए पनि रामप्रसाद राई गाउँपालिका–१ भोजपुर प्रतिको माया कहिल्यै मार्न सकेनन् । उनी आफ्नो गाँउमा भएका समस्यालाई नजिकैबाट नियाल्ने, समाधानको बाटो खोज्न गाँउमै पुग्ने गर्छन् । मन्त्री भएपछि गाँउको समस्या बुझन भोजपुर पुग्छन या अन्य मन्त्री झैँ गाँउ विर्सिने पो हुन कि भन्ने भोजपुरवसीको जिज्ञासा रहेको छ ।
उनको राजनीतिक यात्रा
२०५४ सालमा सुदनले कम्युनिष्ट पार्टी (नेकपा माले) को सदस्यता लिएका हुन् । उनी २०६४ मा संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७० सालमा परातिज बने । पुनः २०७४ मा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका उनी अहिले पुनः भोजपुरबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेर विजयी भएसँगै देशको नृतत्व पक्तिंमा पुगका छन् ।
२०४६ सालको प्रजातन्त्रसँगै नेकपा मालेको विद्यार्थी संगठनमा आबद्धभएका उनी स्कुलमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्षबनेका थिए । २०५५ मा तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चामा संगठित हुँदै २०५८ बाट पूर्णकालीन भूमिगत राजनीतिमा प्रवेश गरेका थिए । २०६१–६३ मा माओवादीसँग एकतासँगै सगरमाथा जनकपुर क्षेत्रीय व्यूरो सदस्य समेत भएका उनी सेनाको व्यारेक र विभिन्न जेलको बसाई, शान्ति प्रक्रियापछि जेलमुक्त भएका थिए । उनी करिब २३ महिना जेल जीवन विताएका थिए । उनी मेची कोशी व्यूरो सदस्य तथा धनकुटा जिल्ला पार्टी सचिव, किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव, अध्यक्ष हुँदै भोजपुर जिल्ला पार्टी अध्यक्षका साथै २०७३ बाट भोजपुर जिल्ला पार्टी इन्चार्जको जिम्मवारी सम्हालेका उनी २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुँदै हाल माओवादी केन्द्रका केन्द्रीय सदस्यको भूमिका खेलिरहेका छन् ।