नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

<span class='c1'>नेता पुनको स्वास्थ्य अवस्था</span> <span class='c2'>बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा</span>

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिनुभएका चिकित्सकसँग आवश्यक जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुग्नुभएको थियो ।

रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँले केही समयपहिले चीनको एक अस्पतालमा उपचार गराउनुभएको थियो । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्