सुनसरीको बर्जु महोत्सवमा झडप, दर्शक र प्रहरी घाईते

<span class='c1'>सुनसरीको बर्जु महोत्सवमा झडप,</span> <span class='c2'>दर्शक र प्रहरी घाईते</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीस्थित जारी बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएका छन् ।

मंगलबार भारत बिहारका भोजपुरी सुपरस्टार खेसारीलाल यादव आएका थिए । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो ।

सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइएपछि आयोजकसँग रुष्ट भएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा स्थानिय हासिम अन्सारीको टाउकोमा चोट लागेको छ । यसैगरी सिताराम महतो, रन्जित मेहता र एक प्रहरी हवल्दार समेत घाईते भएका छन् हाल उनीहरुको बर्जु समुदायिक हस्पिटलमा प्राथमिक उपचार गरिएको स्थानिय सञ्चारकर्मी जुगेस बाबुले जानकारी दिएका छन् ।

झडपका क्रममा गम्भिर भएका घाईतेहरुलाई विराटनगर स्थित नोवेल अस्पताल ल्याइएको छ । गतबर्ष पनि सोही ठाँउमा खेसरीलालको कार्यक्रम हेर्न आएकाबीच झडप हुँदा ठुलो धनजनको क्षति हुनुका साथै केही दर्शकहरु घाईते भएका थिए ।

विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिदाँ उस्तै प्रकारको समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्